‘माइली’मा कुसुमको प्रवेश

२९ असार २०८१ ९:१४

म्युजिक भिडियो हुँदै चलचित्रमा पाइला चालिरहेकी मोडल कुसुम शर्मा चलचित्र ‘माइली’मा अनुबन्धित भएकी छिन् । म्युजिक भिडियोबाट एकाएक चर्चामा आएकी कुसुमको यो तेस्रो चलचित्र हो । उनले पहिलो चलचित्र ‘सञ्जीवनी’मा काम गर्ने चर्चा थियो । तर, अहिलेसम्म निर्माण नै भएको छैन। त्यस्तै , उनको दोस्रो चलचित्र ‘बर अण्ड बधु’ हो। जुन, रिलिजको नजिक छ ।

त्यस्तैगरी, उनले अहिले बाबु बलामिको चलचित्र ‘माइली’ साइन गरेकी छिन् । तर, यो चलचित्रमा उनको भूमिका के हो भन्ने केही पनि बताइएको छैन् ।

निर्देशक बाबु बलामीले निर्देशन गर्न लागेको यो चलचित्रको लागि उनलाई निर्देशक बलामीले अनुबन्धित गराएका हुन् । यो चलचित्रका लागि यसअघि प्रियंका कार्की, करिश्मा मानन्धर र गायिका कमला घिमिरे अनुबन्धित भैसकेका छन् ।

सत्य घटनामा आधारित रहने यो चलचित्रमा महिलाको पीडालाई प्रस्तुत गर्नेछ । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ र स–साना नाबलक छोरी हुर्काउन कति कठिन हुन्छ भन्ने यो चलचित्रको मेन उदेश्य हुनेछ ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रको असारको अन्तिमबाट छायांकन गरिने छ । यो चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *