आज शुक्रबारबाट चलचित्र ‘घरज्वाइँ’ प्रदर्शनमा आएको छ । मंगर संस्कृतिमा आधारित रहेर निर्माण गरिएको यो चलचित्र उच्च शोज सहित प्रदर्शनमा आएको हो ।
दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको यो चलचित्रले मल्टीप्लेक्सदेखि सिंगलस्क्रिनसम्म उच्च शोसहित नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आएको हो ।
यो चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो । जसकाकारण शुक्रबारको बिहानी शोबाट नै सुखद ओपनिङ गरेको निर्माणपक्षले जनाएको छ । शुक्रबार दर्शकबाट मिलेको दर्शकको राम्रो वर्डअफ माउथले शनिबार अझै दर्शक बढ्ने विश्वास निर्माण टिमको छ ।
जिएम मूभीज र एबीएम फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरको निर्देशन रहेको यो चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।