प्रिमियरमा ‘घरज्वाइँ’को तारिफ

२७ असार २०८१ ६:३४

यही शुक्रबारदेखि नेपालसहित विदेशमा समेत प्रदर्शन तयारी गरिएको चलचित्र ‘घरज्वाइँ’को काठमाडौंमा प्रिमियर सम्पन्न भएको छ । मंगलबार बेलुका बिग मुभिजमा आयोजित समारोहका साथ यो चलचित्रको प्रिमियर सम्पन्न गरिएको हो ।

आयोजित प्रिमिएरमा नेतादेखी कलाकारसम्म्को बाक्लो उपस्थिती थियो । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानासहित राजनीतिक दलका नेता र कलाकारहरुले यो चलचित्र हेरेका छन् । चलचित्र हेर्ने प्राय:सबैले यो चलचित्रको कथावस्तु र अभिनयको खुलेरै तारिफ गरे ।

मगर समुदायमा ‘घरज्वाइँ’ राख्ने परम्पराको कथामा निर्माण गरिएको यो चलचित्रले पूर्वीरुकुमको मगर गाउँ तकसेरामा सेट गरिएको चलचित्र हो । यो चलचित्रले घरज्वाइँको परम्परालाई दर्शकसामु प्रस्तुत गर्छ ।

निर्देशक अनिल बुढा मगर निर्देशित यो चलचित्र दयाहाङ र मिरुनाले सँगै काम गरेको मध्य छैटौं चलचित्र हो । यसमा उनीहरुले मगर समुदायको दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

जनक घर्ती मगरले निर्माण गरेको यो चलचित्रमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, विना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *