‘एक्लो’ मा सञ्चारकर्मीद्वय दिनेश डीसी र सुरजसिंह अनुबन्धित

२६ असार २०८१ १०:१२

साइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘एक्लो’मा ञ्चारकर्मी तथा अभिनेताद्वय दिनेश डीसी र सुरजसिंह ठकुरी अनुबन्धित भएका छन् । केही दिन अगाडि औपचारिक कागजी सम्झौता गर्दै चलचित्र निर्माण टिमले डीसी र ठकुरी यो चलचित्रमा जोडीएको जनाएको हो ।

प्रदीप शाहीले निर्देशन गर्न लागेको साइन्स-फिक्सन ‘एक्लो’ चलचित्र मार्फत यी दुइले लामोसमयपछि चलचित्रमा कमब्याक गर्न लागेका हुन् ।

यो चलचित्रले सन् २०३० मा महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको काल्पनिक कथालाई पेश गर्नेछ । यो चलचित्रलाई निर्माणमा बेलायतको ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।

सन् २०२५ मा प्रदर्शन लक्ष्य राखिएको यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यका साथ निर्माण गर्न लागिएको हो। निर्देशक शाहीले बेलायतमा चलचित्र मेकिङ पढेका हुन्। त्यहाँ केही छोटो चलचित्र र सिरिजमा काम गरेपछि उनी नेपाली चलचित्र निर्देशनमा होमिएका थिए। यसअघि उनले ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए।

आगामी भदौदेखि छायांकन सुरु हुने यो चलचित्रमा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *