गृहजिल्लामा एकसाथ देखिए राजेश र धीरेन

२६ असार २०८१ ८:०२

अभिनेताद्वय राजेश हमाल र धीरेन शाक्य एकसाथ देखिएका छन् । चलचित्रको पर्दामा समेत एकसाथ नदेखिएको वर्षौं भएका यी दुई अभिनेताहरु गृहजिल्लामा पाल्पा तानसेनस्थित पद्म पब्लिक नमुना माविको एक कार्यक्रममा एकसाथ देखिएका हुन् ।

यी दुई अभिनेताहरु पाल्पा तानसेनस्थित पद्म पब्लिक नमुना माविको एक कार्यक्रममा एकसाथ सम्मानित भएसङै मिडियासँग एकसाथ तस्वीर खिचाएका हुन् । त्यस्तै, तानसेन नगरपालिकाले यी दुईलाई आइतबार स्वागत राखेको थियो भने, सोमबार उक्त विद्यालयले यी दुईलाई सम्मान प्रदान गरेको थियो ।

चुडाबहादुर हमालका छोराको रुपमा राजेश र पूर्वविद्यार्थीको रुपमा धीरेनलाई विद्यालयले एकसाथ सम्मान प्रदान गरेको हो । राजेश हमालका बुवा चुडाबहादुर हमाल उक्त विद्यालयका पूर्वप्रधानाध्यापक थिए ।

सम्मान ग्रहणपछि कुरा गर्दै हमालले आफू सो विद्यालयमा आउने धोको पूरा भएको बताए । उनका बुवा चुडाबहादुर उक्त विद्यालयमा प्रधानाध्यापक हुँदा राजेश जन्मिएका थिए । त्यसको १० महिनामै उनी काठमाडौं आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *