डकुड्रामा ‘हामी छौं–सिजन १’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा आर्यनसँग रोमान्टिक सलिना रोमान्टिक देखिएकी छिन् ।
यो ड्रामाको मुख्य कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड ‘यो नजिकको कुरा’ बोलको गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बास्कोटाको संगीत छ ।
रामजी राउतको निर्देशनमा तयार भएको डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । प्रस्तुतकर्ता शोभितका अनुसार यो डकुड्रामामार्फत सात प्रदेशका सात जना अशक्त र आर्थिक रुपमा कमजोर व्यक्तिहरूलाई छनोट गरिएको छ ।
रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन रहेको यो डकुड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुशान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान लगायतको पनि अभिनय छ ।