‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

२४ असार २०८१ ६:२८

यही असार २८ गतेबाट प्रदर्शन हुने चलचित्र ‘घरज्वाइँ’को नयाँ गीत ‘यानीमाया’ रिलिज भएको छ । यूट्युब मार्फत सार्वजनिक गरिएको यो गीतको भिडियोमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।

हर्क साउदको शब्द र मनोज थापाको संगीत तथा स्वर समावेश गरिएको यो गीत निकै सुन्दर छ । जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्माता जनक घर्ती मगर हुन् भने यो चलचित्रलाई छायांकार सुसन प्रजापतिले खिचेका हुन ।

पूर्वीरुकुम आसपासमा छायांकन गरिएको यो चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा र संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले उनलाई सघाएका छन् ।

निर्देशक अनिल बुढामगरको निर्देशन रहेको यो चलचित्रमा दयाहाङ राई र मिरुना मगरको अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *