निर्देशक बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्र ‘माइली’ मा अभिनेत्री करिष्मा मानन्धर अनुबन्धित भएकी छन् । निर्माणको अन्तिम चरणमा रहेको यो चलचित्रका लागि करिष्मा हालै अनुबन्धित भएकी हुन् । करिष्माको पोस्टरलुक पनि सार्वजनिक गरिएको छ ।
यो चलचित्रमा प्रियंका कार्की पहिल्यै अनुबन्धित भइसकेकी छिन् । सार्वजनिक पोस्टरमा नायिका करिश्मालाई खुशी मुद्रामा देख्न सकिन्छ ।
सत्य घटनामा आधारित रहने यो चलचित्रमा महिलाको पीडालाई प्रस्तुत गर्नेछ । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबलक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा यो चलचित्रमा देखाइने बलामी बताउछन् ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रको असारको अन्तिमबाट छायांकन गरिने छ । यो चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।