निर्देशक राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘ईश्वर’को नया गीत सार्वजनिक भएको छ । यो चलचित्रको ‘तिमि आयौं’ बोलको यो गीत शुक्रबार युट्युब मार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक यो गीतको भिडियोमा यो चलचित्रको मुख्य कलाकार पृथ्वीराज प्रसाई र अनु शाह प्रस्तुत छन्। कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा हरिबहादुर थापाको निर्माण, भोजराज देवकोटाको पटकथा तथा संवाद, लक्ष्मी कुँवरको प्रस्तुति छ । त्यस्तै, यो चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रामेश्वर हुमागाँइको छायांकन, देव महर्जनको एक्सन छ ।
यो चलचित्रमा ध्रुव थापा, सुनील थापा, वुद्दि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ ।