‘बेहुली फ्रम मेघौली’को गीत ‘बिहे गर्ने कि नगर्ने ‘ रिलिज

२२ असार २०८१ १२:२९

निर्देशक साजन काफ्ले र आकाश बरालले निर्देशन गरेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार निर्माणपक्षले यो चलचित्रको पहिलो गीत ‘बिहे गर्ने कि नगर्ने’बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा यो चलचित्रको मुख्य कलाकारद्वय नायिका स्वस्तिमा खड्का र नायक निश्चल बस्नेतको अलावा निर्देशक दीपाश्री निरौला, नायकत्रय प्रदीप खड्का, धिरज मगर, नाजिर हुसेन, नायिकात्रय साम्राज्ञी राज्यलक्ष्मी शाह, बेनिशा हमाल र शिल्पा मास्केलाई देख्न सकिन्छ । 

सार्वजनिक गीत सङै यो चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। अब, यो चलचित्र आगामी दसैलाई लक्षित गर्दै असोजको १७ गते घटस्थापनाको दिनबाट अलओभर नेपाल प्रदर्शनमा आउनेछ।

कुशल पोखरेलको शब्द तथा प्रस्तुति रहेको यो गीतमा रोहित शाक्यको संगीत रहेको छ । त्यस्तै, यो भिडियोलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।

स्वस्तिमा खड्काको कन्सेप्ट रहेको यो भिडियोमा अंकित खान ठकुरीको सम्पादन, केशव पाण्डे र लक्ष्मण पाण्डेको छायांकन छ । 

नायिका स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेको यो चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, प्रदीप लामा र केविका खत्रीको कोरियोग्राफी, जय जे वाइवा र कुशल पोखरेलको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *