अस्मिता र शान्ति श्रीले रेकर्ड गरे ‘माइली’को दुई गीत

२२ असार २०८१ ५:२५

रुना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइली’को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो ।

गीत ‘न त दिनले साथ दियो, न त दियो रातले’मा अस्मिता अधिकारीको स्वर र ‘खोली सलल, छमछमी नाँचेपछि मनै झलल’ मा शान्ति श्री परियार र विन्दु परियारको स्वर छ । दुवै गीतमा शंकर अधिकारी ‘घायल’को शब्द र राजेन्द्र बजगाइँको संगीत छ ।

बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा तयार हुने यो चलचित्रमा नायिका प्रियंका कार्की अनुबन्धित भइसकेकी छन् ।
सत्यघटनामा आधारित यो चलचित्रमा श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषयमा निर्माण गरिनेछ ।

यो चलचित्रमा शंकर अधिकारीको कथा, पटकथा तथा संवाद रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *