‘आउटलः दफा २१९’- नेपाल आर्मीको हेलिकप्टरमा सुशील

२१ असार २०८१ ६:३४

विक्की महर्जनले निर्देशन गरेको चलचित्र ‘आउटलः दफा २१९’को टिजर केही दिनमै सार्वजनिक हुँदैछ । फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहेको यो चलचित्रको मुख्य भूमिकामा नायक सुशील श्रेष्ठ छन् ।

आगामी असोजको ३ गतेबाट रिलिज गर्ने तयारीमा रहेको यो चलचित्रको निर्माणपक्षले सुशीलको केही तस्वीर सार्वजनिक गरेको छ । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् ।

यो चलचित्रको टिमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै चलचित्रको छायांकन गरेको हो । जसले, गर्दा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन होला भन्ने कौतुहलता दर्शकमाझ बढ्ने निश्चित छ ।

विनोद कठायत र शशांक खड्का कार्यकारी निर्माता रहेको यो चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् । नविन गुरुङको डीओपी रहेको यो चलचित्रामा साहिल खानको सम्पादन छ ।

अमित अग्रहरीको निर्माणमा तयार भएको यो चलचित्रमा विक्की महर्जनको लेखन,चुल्ठे काजीको एक्सन र प्रोडक्शन म्यानेजर ईश्वर घिमिरे हुन् । चलचित्रमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *