निर्देशक घनश्याम लामिछानेको निर्देशनमा चलचित्र ‘तै चुप मै चुप’ निर्माणको घोषणा गरिएको छ । बुधवार यो चलचित्र निर्माणको घोषणा गर्दै अब चाडै नै छायांकन सुरु गरिने निर्माणपक्षले बताएको हो।
कलाकार तथा निर्माता सन्तोष अधिकारीले निर्माण गर्न लागेको यो चलचित्र सन्तोष अधिकारी फिल्मस्को व्यानरमा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा निर्माण हुनेछ ।
मनिष गौतमको कथा, लेखन र पटकथा रहने यो चलचित्रले राजनीतिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरिने मनिषको भनाइ छ । काठमाडौं र पोखरामा छायांकन गरिने यो चलचित्रको लागि अहिले कलाकार छनोटको काम अगाडि बढाइएको छ ।
घनश्याम र सन्तोषले यसअघि निर्माण गरेको चलचित्र ‘चित्रा’ले पनि राम्रै चर्चा पाएको थियो । यो चलचित्रमा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहनेछ ।