तिहारदेखी जय नेपाल हल पुन: संचालनमा आउने

२१ असार २०८१ ५:४४

जय नेपाल हल फेरि संचालनमा आउने भएको छ । क्यूएफएक्सको नाममा पहिले संचालनमा आएको जय नेपाल हल कोरोनाका कारण बन्द भएको थियो ।

जग्गा भाडामा लिएर संचालन गर्न लागिएको यो हल अब भने ‘जय नेपाल’को नाममा मात्र संचालनमा आउनेछ । यसअघि यो हल २० वर्षसम्म क्यूएफएक्सको नाममा चलेको थियो।

महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्ने भन्दै हल परिसरमा डोजर समेत चलाएको यो हल बन्द भएको केही बर्ष भयो । काठमाडौंको नक्सालमा रहेको यो हलको अहिले भने सबै विवाद साम्य भइसकेको छ ।

यो हलले काठमाडौं महानगरपालिकालाई ९० लाख रुपैयाँ बक्यौता रकम तिर्न बाँकी छ । मानन्धरले आफूहरूले यो बक्यौता रकम चुक्ता गर्ने बताउदै, हल पुन : संचालमा ल्याउने जानकारी दिए ।

अहिले यो हलमा भवन बाहेक अरु केही पनि छैन । पर्दादेखि सिट सबै निकालिएको छ । यसैले, पुनः सबै कुराको व्यवस्था गरेर हल संचालनमा गर्ने तयारी मानन्धरले गरेका हुन् । उनले भने,-‘हामीले जय नेपाल हल फेरि संचालनमा ल्याउने तयारी गरेका हौं । संचालनका लागि काम सुरु भइसकेको छ । दशैं वा तिहारसम्म हल संचालनमा आउनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *