पोस्टरसँगै ‘नम्बरी सुन’को प्रदर्शन मिती तय

१९ असार २०८१ ११:४६

चलचित्र ‘नम्बरी सुन’ अझै रिलिज हुन सकेको छैन्। झण्डै एकबर्ष रिलिज मिती हेरफेर भएको यो चलचित्रलाई अबभने पक्का रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

यो चलचित्रको अबभने, कुनै मिती हेरफेर नगरी निर्माणपक्षले आगामी साउनको २५ गतेबाट प्रदर्शन गर्ने पक्का गरेको हो । यसअघि यो चलचित्रलाई गतबर्षको भदौको १ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको थियो ।

मङबार निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै साउन २५ गतेलाई रिलिज गर्ने पक्का गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने प्रस्तुत छन् ।

शिवम् अधिकारीको पटकथा तथा संवाद, सरोज खाती, सविन खाती र मनोज रिजालको निर्माण रहेको यो चलचित्रमा नारायण खातीको कथा तथा प्रस्तुतिमा तयार भएको हो। चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, वुद्दि तामाङ, किरण नेपाली लगायतका कलाकारको अभिनय छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छायांकन, देव महर्जनको एक्सन, गौतम राज खड्काको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *