स्थापनाको २४ बर्षपछि चलचित्र विकास बोर्डले लोगो पाएको छ । यसअघि नेपाल सरकारको लोगो प्रयोग गर्दै आएको थियो भने आइतबार आयोजित वार्षिकोत्सव समारोहमा विकास बोर्डको नयाँ लोगो सार्वजनिक गरेको हो ।
राधेश्याम मुल्मीले तयार पारेको यो लोगोलाई संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक लोगोमा नेपाली फिल्मको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिजदेखि डिजिटल सम्मको प्रविधि र नेपाली मौलिकतालाई समेटिएको लोगो निर्माणका परिकल्पनाकार केएल वुढाथोकीले जानकारी दिए ।
लोगो सार्वजनिक गरेसङै चलचित्र विकास बोर्डले आफ्नो नयाँ नारा पनि तय गरेको छ । ‘बुद्धको ज्ञान सगरमाथाको शान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ भन्ने नारा बोर्डले तय गरेको हो ।