चलचित्र ‘पुजार सार्की’ले हङकङमा रेकर्ड ब्रेक गरेको छ। आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित लेखक विकास सुवेदीले हङकङ पुगेका थिए ।
यो चलचित्रले व्यापारमा नयाँ रेकर्ड कायम गरेको भन्दै लेखक सुवेदीले भने,-‘यसअघि यहाँ प्राय: सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी चलचित्र प्रदर्शन हुँदै आइरहेका रहेछन्, हाम्रो चलचित्र भने अत्याधुनिक आइम्याक्स सिनेमा हलमा नै चल्यो। त्यो एउटा रेकर्ड भयो, अर्को रेकर्ड चाहिँ व्यापारिक हो।
व्यापारिक हिसाबमा पनि चलचित्रले रेकर्ड कायम गरेको भन्दै थपे, “यसअघि हङकङमा ‘जारी’ चलचित्रले दर्शक उरालेको रहेछ, यस पटक ‘पुजार सार्की’मा व्यापक दर्शक आए। ‘जारी’को रेकर्ड पनि यो चलचित्रले तोडेको छ। राम्रो नेपाली चलचित्र रहेको खण्डमा संसारको जुनसुकै कुनामा भएता पनि दर्शकले स्वीकार गर्ने रहेछन् भन्ने अनुभूति भयो,” सुवेदीले भने, “यहाँ दुई वटा हलमा चलचित्र प्रदर्शन भएकोमा दुई वटै हाउसफुल भएपछि झन्डै दुई सय दर्शकले टिकट नपाएर फर्किन बाध्य भए। हामीले चाहेर पनि देखाउन सक्ने स्थिति रहेन।”
हङकङको लागि बिरेन थापा ‘बिरे’ले यो चलचित्र प्रदर्शन अधिकार लिएको यो चलचित्रलाई व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले चलचित्र हेरेका थिए।
गत जेठ १० गते प्रदर्शनमा आएको यो चलचित्र नेपालमा छैटौँ हप्तामा चलिरहेको छ । यो चलचित्रले ब्लकबस्टर व्यापार गरेको चलचित्र निकट स्रोतले जनाएको छ। यद्यपि बक्स अफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन।