पोखरामा पहिलो प्रदर्शनी गर्दै मीराः स्याडो अफ अ रेन्बो’

१७ असार २०८१ ७:४३

निर्देशक अनिता पण्डित निर्देशित चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने गरिएको छ। यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक पण्डितले बताइन्।

यही असार २५ गते साँझ ६ बजे पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स (सिनेप्लेक्स) सिनेमा हलमा पहिलो प्रदर्शन हुने भएको छ। यी शो हरू नेपालका विभिन्न सहरहरू तथा नेपाल बाहिर पनि हुने बताइएको छ।

बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना, स्वीकार तथा एलजिबिटिक्यूएको बारेमा जनचेतना लगाउने उद्देश्य लिएर यी शो हरू आयोजना गर्न लागिएको पण्डितले बताइन्।

यो चलचित्रमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा रहेको छ भने आध्यात्मिक चिन्तन चलचित्रमा रहेको छ। “एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र बनेको छ।

आश्वि फिल्मसले निर्माण गरेको चलचित्रमा अनिता पण्डित, सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *