प्रियंका ‘माइली’मा अनुबन्धित भएसङै पोस्टर रिलिज

१५ असार २०८१ ५:०९

चलचित्र ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छिन् । यो चलचित्रका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो ।

निर्देशक बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने यो चलचित्रमा प्रियंकालाई अनुबन्धित गरेसङै पोस्टरलुक सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा नायिका प्रियंकालाई ग्रामिण महिलाको चरित्रमा देखाइएको छ ।

सत्य घटनामा आधारित रहने यो चलचित्रमा महिलाको पीडालाई प्रस्तुत गर्नेछ । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबलक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा यो चलचित्रमा देखाइने बलामी बताउछन् ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रको असारको अन्तिमबाट छायांकन गरिने छ । यो चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *