‘घर ज्वाइँ’को ट्रेलरमा दया र मिरुनाको जोडी

१४ असार २०८१ १५:३८

निर्देशक अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्र घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

यही असारको २८ गतेबाट रिलिजमा आउने यो चलचित्रले मगर संकृतीको कथालाई निकै नै रोचक तरिका प्रस्तुत गरेको निर्देशक अनिलको भनाइ छ । नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको यो चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

सुशन प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । मनोज थापा मगर र एसडी योगीको संगीत रहेको यो चलचित्रमा अनिल बुढा मगर, विनोद खतिवडा र सुवास कोइरालाको पटकथा, अनिलको कथा छ ।

यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, राज थापामगर, कविता आले मगर, वुद्दि तामाङ, पुष्कर गुरुङ, अनु थापा, सुनिल मगर, भोलाराज सापकोटा, खबपु पुन, विना थापा मगर, सुरेश पुन लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *