‘एक्लो’मा सुरजसिंह ठकुरीको प्रवेश

१४ असार २०८१ ९:५२

साइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘एक्लो’मा सुरजसिंह ठकुरीको प्रवेश भएको छ । उनले इन्स्टाग्राममार्फत आफू यो चलचित्रमा अनुबन्धित भएको जनाएका हुन् ।

प्रदीप शाहीले निर्देशन गर्न लागेको साइन्स-फिक्सन ‘एक्लो’ चलचित्र मार्फत उनले ५ वर्षपछि कमब्याक गर्न लागेका हुन् । यो चलचित्रमा सुरज ‘काल’ नामक भूमिकामा देखिँदैछन् । सन् २०१३ मा ‘कर्कस’बाट डेब्यु गरेका ठकुरीले ‘नाइँ नभन्नू ल’को दोस्रो र तेस्रो श्रृंखला, ‘जंगे’ चलचित्रमा अभिनय गरेका छन् ।

यो चलचित्रले सन् २०३० मा महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको काल्पनिक कथालाई पेश गरेछ । यो चलचित्रलाई निर्माणमा बेलायतको ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।

सन् २०२५ मा प्रदर्शन लक्ष्य राखिएको यो चलचित्रको आगामी भदौदेखि छायांकन सुरु हुनेछ । यो चलचित्रमा सुनिल थापा, विजय लामा, प्रदीप खड्का, बेनिशा हमाल, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *