प्राविधिक कारणले रोकियो ‘आँखा’को रिलीज

१० असार २०८१ ९:५०

निर्देशक जौन योञ्जनको निर्देशनमा तयार भएको चलचित्र ‘आँखा’को प्रदर्शन मिती पोस्टपोन्ड गरिएको छ । यही असारको १४ गतेलाई प्रदर्शन मिति तय गरेको यो चलचित्रको केही प्राविधिक कारण देखाउँदै निर्माण टिमले असार १४ गतेबाट पोस्टपोन्ड गरेको हो ।

अब यो चल्लचित्र तोकिएको समयमा रिलिज नहुने पक्का गर्दै नयाँ मिती तय गरिनेछ । यो चलचित्रका निर्देशक योञ्जनका अनुसार चलचित्रको नयाँ प्रदर्शन मिति यही हप्ता फाइनल हुनेछ ।

लामा सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्र सामाजिक कथामा निर्माण गरिएको हो । यो चलचित्रमा निर्देशक योञ्जनकै कथा, पटकथा र लगानी रहेको छ । चलचित्रमा कृष्ण भण्डारीको सम्पादन, आलोक शुक्लाको छायांकन र दीपक आरजेको संगीत, रेवन्तविक्रम थापाको एक्सन छ ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट, ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, वुद्दि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल मुख्य भूमिकामा छन् । चलचित्रमा प्रसन राई बाल कलाकारको रुपमा प्रस्तुत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *