‘युनिभर्सिटी अफ गुन्डाज’ निर्देशन गर्दै सौरभ

१० असार २०८१ ८:२२

चलचित्र ‘युनिभर्सिटी अफ गुन्डाज’मा निर्देशक पक्का भएको छ । अब यो चलचित्रलाई निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् । यसअघि यो चलचित्रलाई निर्देशक हेमराज विसीले निर्देशन गर्ने पक्कापक्की भएको थियो। तर, यता स्क्रिप्ट लेखनको काम भइरहेको बेला विसी अमेरिका गएपछि निर्देश अन्योलमा थियो ।

चलचित्र ‘अगस्त्य’ निर्देशन गरेर सफल भएका सौरभसँग अब यो चलचित्र निर्देशन गर्ने सहमति जुटेको हो । तर, दुवै पक्षबीच लिखित सम्झौता भने भइसकेको छैन । उनीहरुबीच केही दिनभित्रमा कागजी सम्झौता हुने जनाइेएको छ ।

निर्देशक सौरभले सलोन र सलिनसहित निर्देशक शोभित बस्नेतसँग शुक्रबार छलफल गरेका थिए । छलफलपछि निर्देशक सौरभले अब यो चलचित्र निर्देशन गर्ने मौखिक सहमति भएको जनाएका छन् ।

अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहने यो चलचित्रलाई अभिनेता सलोन बस्नेतले निर्माण गर्दैछन् । सलिन करिब ६ वर्षपछि अभिनयमा फर्किन लागेका हुन् ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले विश्वविद्यालयभित्र हुने गुण्डाराजको विषयको कथा पेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *