सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्र ‘सानो संसार’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। ओ चलचित्रका निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल मार्फत चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।
आगामी दशैँको घटस्थापनाको अवसरमा असोज १७ गतेदेखि प्रदर्शन हुने यो चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माता अर्जुनले लेखेका छन् ,-‘केही नयाँ कलाकार, नयाँ निर्देशक अनि नयाँ कथामा बनिरहेको चलचित्र सानो संसारको सुटिङ कार्य जारी । पहिलो पोस्टर सार्वजनिक गरेका छौँ है, चलचित्र रिलिज आगामी घटस्थापना ।’
सार्वजनिक पोस्टरमा चार जना मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । पोस्टरमा उनीहरुलाई माथि हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । निर्माता अर्जुन कुमारले यो चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’की श्रीमती सीतादेवी तिमल्सिनालाई यो चलचित्र मार्फत ठुलोपर्दामा डेब्यू गराएका हुन् ।
पारिवारिक कथावस्तुमा निर्माण गरिएको यो चलचित्रले सानो परिवार बिचको रमाइलो कथा भन्नेछ। यो चलचित्रमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जना रिसाल र शिशिर सिवाकोटीको मुख्य भूमिका छ ।
काठमाडौं र आसपासका क्षेत्रमा यो चलचित्रको अहिले धमाधम छायांकन भइरहेको छ । चलचित्रको नियन्त्रक निर्मातामा शंकर पाण्डे छन्।