निर्देशक सुयोग गुरुङले निर्देशन गर्ने चलचित्र ‘जेरीः अन टप’को निर्माणपक्ष यतिबेला वर्कशपमा जुटेको छ । नायक अनमोल केसी जापान बाट फर्किए लगत्तै यसको वर्कशपमा निर्माणपक्ष जुटेको हो ।
नायक अनमोलको साथमा नायिका आँचल शर्मा पनि वर्कशपमा देखिएकी छिन् । अनमोल र आँचलको यो चलचित्र पहिलो सहकार्य हो ।
यो चलचित्रको मुख्य भूमिकामा नायक अनमोल केसी र नायिका आना शर्मा छन् । तर, नायिका आना यतिबेला चलचित्र ‘एक्टर’को छायांकनमा व्यस्त छिन् । त्यसैले, अनमोल र आँचल मात्रा वर्कशपमा छन् ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रलाई निर्माता सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । यो चलचित्रलाई यही बर्ष नै रिलिज गर्ने तयारीमा निर्माणपक्ष जुटेको छ ।