प्रिमियरमा ‘आचार्य’लाई तारिफ

७ असार २०८१ ८:४३

भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ भोली बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । १३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले यो चलचित्रलाई पुनःप्रर्दशन गर्न लागेको हो ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको यो चलचित्रमा स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवन कथा भन्छ । त्यस्तै, यो चलचित्रको यसपटकको प्रदर्शनमा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिने छ ।

यो चलचित्रले स्वर्गीय भक्तराज आचार्यको बाल्यकाल, संघर्ष, सफलता र क्यान्सरका कारण जिब्रो नै काट्नु परेको परिस्थितिसम्मको कथा प्रस्तुत गर्नछ ।

बुधबार यो चलचित्रको प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियरमा सबैले यो चलचित्रको कथावस्तु, प्रस्तुति र सत्यराजको अभिनयको खुबै तारिफ गरे । चलचित्रमा गायक सत्यराजले बाबुको जीवन बाँचेका छन् ।

रोशन राई निर्माता रहेको यो चलचित्रलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन् । शैलेन्द्र डी कार्कीको छायांकन रहेको यो चलचित्रलाई महशुश गरेर हेर्नुपर्ने सत्यराज बताउछन् ।

चलचित्रमा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य , अरुणा कार्की ,सुनील पोखरेल देखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *