‘दान्भी’को अग्रिम टिकट बुकिङ खुल्ला – देशभर उच्च शोज

७ असार २०८१ ८:१४

यही शुक्रबारदेखी रिलिज हुने चलचित्र ‘दान्भी’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । हिजो बुधबारदेखि दशेभरका मल्टिप्लेक्स हलहरूमा यो चलचित्रको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको हो ।

यो चलचित्रले देशभर उत्साहजनक शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पहिलो दिनका लागि यो चलचित्रलाई काठमाडौंमा १६ र काठमाडौं बाहिर ३१ शो उपलब्ध गराएको छ।

यसैगरी दोस्रो ठूलो चेन आईएनआईले १२, वान सिनेमाजले ७, एफक्युब, बिएसआर,बिग मुभीज रन्जनालगायतका मल्टिप्लेक्स हलमा पनि चलचित्रले उत्साहजनक शो पाएको छ।

उपत्यका बाहिरका शहरहरु बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा हलमा यो चलचित्र रिलिज हुँदैछ ।

पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता रहेको यो चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताका रुपमा रहेका छन् ।

सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज कोरियोग्राफी छ ।

रूपेश तामाङको निर्देशनमा निर्माण भएको यो चलचित्रमा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन्। चलचित्रमा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ। यो चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *