निर्देशक सुवर्ण थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘टासीडेले’को टिजरको छायांकन सुरु गरिएको छ। यो चलचित्रको अहिले काठमाडौंका विभिन्न स्थानमा धमाधम टिजर खिच्ने काम भइरहेको हो ।
आगामी भदौ महिनाबाट चलचित्रको छायांकन सुरु गर्ने निर्माणपक्षको तयारी रहेको छ भने अहिले टिजरको मात्र खिच्ने काम भएको निर्देशक थापाले जानकारी दिए ।
यो चलचित्रको टिजर र ट्रेलरको छायांकन सकिए लगत्तै निर्माणपक्षले यो चलचित्रको पस्टलुक पोस्टर सार्वजनिक गर्ने जनाएको छ । यो चलचित्रको मुख्य भूमिकामा नायक आर्शीवाद क्षेत्री देखिदैछन् । त्यस्तै, उनको अलावा छिरिङ शेर्पा र लाक्पा शेर्पाको पनि यो चलचित्रमा मुख्य भूमिका रहनेछ । नायक आशीर्वादले ‘नाई नभन्नु ल ६’बाट डेब्यू गरेका हुन् ।
हिमाल चढ्ने शेर्पाली युवतीको कथामा निर्माण हुने यो चलचित्र छिरिङकै वरिपरी रहेर निर्माण हुनेछ । यो चलचित्रले हिमालको कथा भन्नेछ ।
शम्भुजित बास्कोटाको निर्माणमा तयार हुने यो चलचित्रमा चर्चित ढुङ्गेलको पटकथा छ । संजय लामाले छायांकन गर्ने चलचित्रमा शम्भुजितकै कथा छ ।