सिमोस सुनुवारले निर्देशन गर्ने चलचित्र ‘जन्ते बाख्रो’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । निर्माणपक्षले मंगबार रिलिज गरेको चलचित्रको पोस्टरमा एउटा बाख्रोलाई चस्मा लगाइदिएर छाता ओडाइएको छ।
मुइन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजको हो । यो चलचित्रलाई सन्तोष गौतमले निर्माण गर्दैछन् ।
बिहेपछि दिइने भोजलाई जन्ते बाख्रो खुवाउने कथावस्तुमा निर्माण हुन लागेको यो चलचित्रको मुख्य भूमिकामा नायक सौगात मल्ल अनुबन्धित भइसकेका छन् ।
भदौबाट छायांकन सुरु गरिने यो चलचित्रको सार्वजनिक फस्टलुकले दर्शकमा उत्साह बढाएको छ ।