निर्देशक सुशील पोखरेलले नयाँ चलचित्र ‘बन्दी’ बनाउने भएका छन् । केही वर्षसम्म कुनै चलचित्र नबनाइ मौन बसेका सुशीलले मंगलबार यो चलचित्र बनाउने घोषणा गरेका हुन् ।
२०६२ सालको द्वन्दकालमा एउटा बन्दी बनाईएका एक नेपाली सेनाको जीवनमा आधारित रहने यो सरभाईबलको सत्य कथामा हो ।
यो चलचित्रलाई निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्ने पक्का भएको छ । हाल यो चलचित्रको कथामा काम भइरहेको र केही महिनापछि छायांकन सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । लक्ष्मणले यसअगाडी ‘बुलाकी’ चलचित्र निर्देशन गरेका थिए ।
सुशील देवकोटाले यो चलचित्रको कथा लेखिरहेका छन् । सुशिलले सामाजिक संजालबाट यो चलचित्र निर्माण गर्न लागेको जानकारी दिएका हुन् । उनको पछिल्लो चलचित्र यात्रा हो ।