भक्तराजको बायोपिक ‘आचार्य’को ‘आगोको राप’ रिलिज

४ असार २०८१ १०:२६

भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ को गीत ‘आगोको राप ‘ सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गीतमा सत्यराज र स्वरुपराज आचार्यको स्वर छ। भक्तराज आचार्य संगीत रहेको गीतलाइ नवराज लम्सालले लेखेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सत्यराज आचार्य,दयाहाङ राई,अरुणा कार्की,स्वर्गीय गोपाल भुटानी लगायत प्रस्तुत छन्। १३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले पुनःप्रर्दशन गर्न लागेको हो ।

असार ७ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रको यसपटकको प्रदर्शनमा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिने छ ।

रोशन राई निर्माता रहेको यो चलचित्रलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । त्यस्तै, यो चलचित्रलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।

यो चलचित्रमा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य , अरुणा कार्की ,सुनील पोखरेल देखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *