निर्देशक थापासहित ३ जनाविरुद्ध मुद्दा दायर

४ असार २०८१ ५:३५

चलचित्र ‘प्रसाद-२’का निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ। आईतवार जिल्ला अदालत काठमाडौंमा निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

केही दिन अगाडि प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । यो मुद्दामा थापासहित ओमप्रकाश अग्रवाल र मिलन कुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरु तीन जनाविरुद्ध ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए ।

यो चलचित्र निर्माण गर्दा थापा निर्देशक र मिलन कुमार श्रेष्ठ सम्पादक थिए । त्यस्तै, डिजिटल अधिकार खरिदकर्ता ओमप्रकाश अग्रवाल थिए। उनिहरुले यो चलचित्रका निर्मातालाई कुनै जानकारी नदिई चलचित्रको एउटा फाइल आफूसँग राखेको, चलचित्रको ट्रेलर विक्री वितरण गरेको भन्दै निर्माता बस्नेतले १ करोड ५० लाख क्षति भएको भन्दै उजुरी दिएका हुन् ।

त्यस्तै, ओएसआरको युट्युबबाट चलचित्रमार्फत ६० लाख, विदेशी मुलुकहरुबाट ९० लाख गरी १ करोड ५० लाख समेत आर्जन गरेर ठगी गरेको निर्माता बस्नेतको आरोप थियो ।

यी तीनजना विरुद्द १ करोड ५० हजार रुपैयाँ बिगो, क्षतिपूर्तिका साथै ७ वर्षसम्मको कैद मागदाबी समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *