आगामी कार्तिक १५ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘एक्टर’ निर्धारित मितिमै प्रदर्शन हुने भएको छ । यो चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ ।
यसैबिच चलचित्रका मुख्य कलाकार राजवल्लभ कोइरालाले भने डबिङको काम सकेका छन् । उनी आज नै यो चलचित्रको डबिङ सकेर अमेरिका फर्किने तयारी गरिरहेका छन् ।
यस बर्षको दशैं र तिहारलाई लक्षित गरेर ठुला ब्यानरका हिन्दी चलचित्र नेपालमा रिलिज हुँदैछ। तर, पनि यो चलचित्रको मिती हेरफेर नगरि लक्ष्मी पूजाको दिनबाट नै अल ओभर नेपाल रिलिज हुने पक्का भएको हो ।
निर्देशक राजन भुसालको निर्देशन र थमन कुमार भण्डारीको निर्माण रहेको यो चलचित्रमा नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझीको मुख्य भूमिका छ ।