अभिनेता विपिन कार्की अमेरिकाबाट ‘तेल भिषा’ को छायांकन सकाएर नेपाल फर्किएका छन् । उनी शुक्रबार नेपाल फर्किएको निर्देशक घिमिरेले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । ।
वेलडन क्रियसन र सेभेन सिज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको ७० प्रतिशत छायांकन पहिलो चरणमा अमेरिकामा गरिएको हो । अब बाँकी छायांकन नेपालको चितवनमा हुनेछ । चितवनमा सेट बनाएर चलचित्रको छायांकन गर्न लागेको निर्माणपक्षले जनाएको छ । अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारको समेत अभिनय यो चलचित्रमा छ ।
विनोद पौडेल, अदिती खरेल र रमेश चौलागाईंको लगानी रहेको यो चलचित्रमा अभिनेत्री ऋचा घिमिरे कार्यकारी निर्मातामा रहेकी छिन्न भने यो चलचित्रको छायांकार सुशन प्रजापतिले हुन् । यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ ।
विपिन कार्कीको दोहोरो भूमिका रहेको यो चलचित्रमा विपिनको अलावा वर्षा राउत, बुद्धि तामाङ र ऋचा घिमिरेको पनि मुख्य भूमिका रहेको छ । अभिनेत्री ऋचाले लामो समयपछि यसै चलचित्र मार्फत अभिनयमा कमब्याक गर्न लागेकी हुन् ।