‘कङ्गारु’मा जितुको इन्ट्री

३ असार २०८१ ५:०४

सम्राट बस्नेतको निर्देशनमा नयाँ चलचित्र ‘कङ्गारु’ निर्माण हुने भएको छ । यो चलचित्रका लागि कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। निर्माणपक्षले शुक्रबार जितुसँग कागजी सम्झौता गरेको हो । यो चलचित्रका लागि यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् ।

राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने यो चलचित्रको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको लाइनअप बलियो बनेको हो । जितुले यो चलचित्रमा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको बताएका छन् । उनले भने, ‘ज्वाइँ साबको सेटमै आएर स्ताक्षर गराउनु भयो, यो अवसरका लागी निर्देशक सम्राट बस्नेत निर्माण नियन्त्रक दिलीप पन्त जी लगायत सम्पूर्ण टिम प्रति आभारी छु’

सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुने यो चलचित्रको लागि हाल अष्ट्रेलीयामा छायांकन अवलोकन गरिरहेका निर्देशक बस्नेतले अब हप्तामा नायिका फाईनल गरेसँगै छायांकनमा जाने बताए । ३५ दिनको छायांकन सेड्युल तय गरिएको यो चलचित्रको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरा लगाएतका क्षेत्रमा गरिने बताए ।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रुपमा छन्। सीमा गुरुङको कथा रहेको यो चलचित्रको छायाँकार सुशन प्रजापति र प्रोडक्सन डिजाइनरमा दिलीप पन्त छन् ।

यो चलचित्रको सह–निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । त्यस्तै, यो चलचित्रको लाइन प्रोड्यूसरमा सविन ज्ञावली (अष्ट्रेलिया) रहेका छन् । यो चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *