आगामी भदौको २१ गतेबाट चलचित्र ‘देवी’ रिलिज हुने भएको छ । निर्माणपक्षले बिहीवार चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।
विद्रोहको कथामा निर्माण गरिएको यो चलचित्रको सार्वजनिक पोस्टरमा शिल्पाको गेटअपले पनि उनको भूमिकाले दर्शकलाई सरप्राइज दिन्छ कि भन्ने अड्कल लगाउन सकिन्छ ।
निर्देशक संजोग राईले निर्देशन गरेको यो चलचित्रमा रेमन गुरुङ, नारायण राई र संजोग राइको लगानी छ । उजेन नोर्वे गुरुङ, मिलन लामा सह–निर्माता रहेको यो चलचित्रलाई जोइल फ्रोमले छायांकन गरेका हुन् । सन्तोष दवाडीको सम्पादन, जावेद खान कार्यकारी निर्माता रहेको यो चलचित्रमा अजय गौतम र संजोग राइको पटकथा छ ।