प्रदर्शनको चार दिनपछि ‘लण्डन टू पेरिस’को ‘हतारले’ सार्वजनिक
३० जेठ २०८१ ५:०९
गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘लण्डन टू पेरिस’को ‘हतारले’ गीत रिलिज गरिएको छ । यो चलचित्र हलमा रिलिज भएको चार दिनपछि निर्माणपक्षले सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा नव-अभिनेता निश्चल खड्का र अभिनेत्री रुष्मा थापाबीच प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलरमा निश्चलको प्रेम अभिनेत्री साम्राज्ञीसँग देखाइएको थियो । त्यसैले, चलचित्रको ‘सस्पेन्स’ खुल्ने डरले निर्माण टिमले यो गीत चार दिनपछि सार्वजनिक गरेको हो ।
सलिन मगरको शब्द, संगीत र स्वर रहेको गीतमा अभिनेता कबीर खड्का र अभिनेत्री गरिमा शर्माबीचको प्रेम सम्बन्धलाई पनि प्रस्तुत गरिएको छ।
निर्देशक घनश्याम लामिछानेको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको यो चलचित्र निकै सुस्त गतिमा छ । यो चलचित्रलाई निर्माता अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी रानाले निर्माण गरेका हुन् ।