निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माणपक्षले नायिका तथा यो चलचित्रकी निर्मात्री नीता ढुंगानाको साथमा अन्य ६ जना कलाकारहरुलाई प्रस्तुत गर्दै क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।
मंगलबार सार्वजनिक गरिएको पोस्टर गज्जबको देखिएको छ भने पोस्टरमा नायिका नीतासङै ६ जना कलाकारहरु साउथका ब्रमानन्दमको साथमा किरण केसी, वुद्दि तामाङ, रविन्द्र झा लगायतको टाउको अटाएको छ ।
नेपाली र दक्षिण भारतका विभिन्न प्रान्तका भाषामा निर्माण गरिएको यो चलचित्रमा हरिहर अधिकारीको कथा, कविर लालको छायांकन, मित्र डी गुरुङको सम्पादन, प्याट्रिक पौडेलको लेखन रहेको यो चलचित्रलाई नायिका नीता ढुंगानाले नै निर्माण गरेकी हुन् ।
महँगो बजेटमा निर्माण गरिएको यो चलचित्र नेपालसँगै दक्षिण भारतमा पनि रिलिज गर्ने निर्माणपक्षले बताएको छ। यो चलचित्रमा हरिहर अधिकारी, विपना थापा, संचिता लुइँटेल, गरिमा शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।