मेनुकाको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ शल्यक्रिया

२९ जेठ २०८१ ७:१७

गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ शल्यक्रिया गरिएको छ । उनले कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् ।

उनको कृत्रिम आँखाले आँखा देख्न नसकेपनि अरूले हेर्दा राम्रो देखिने उनी बताउछिन् । उनी भन्छिन्,-‘मलाई पहिले हेर्दा ब्लाइन्ड जस्तो देखिन्थ्यो । यो अपरेसन पछि आँखा देख्ने जस्तो देखिन्छ। अब मैले कालो चस्मा लगाउनुपर्दैन ।’ मानिसले हेर्दा देखेजस्तो लागेपनी मैले आफुले चाँही देख्न सकिदिन ।

‘कस्मेटिक प्रोथेस्टिक’ राखिए पनि मेनुकाको दृष्टि भने फिर्ता आउनेछैन। । सर्वसाधारणले बुझ्ने भाषामा यो सर्जरीलाई बाहिरबाट हेर्दा खाल्डोलाई पुरेको मात्र भन्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *