सुजय योङले निर्देशन गरेको वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो।
विश्वासघात र प्रतिशोधको कथा पेश गर्ने यो रिरिज एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको हो । यो सिरिज म्यजिक नेपालद्वारा सञ्चालित ओटीटी प्लाटफर्म ‘मोःमो म्युजिक एण्ड मुभिज’ ओटीटीमा रिलिज हुनेछ। यो सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, राम प्रसाद चौधरी र चन्दन दत्तको सम्पादन छ ।
यो सिरिजको कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । लकडाउनको समयमा कथा तयार पारिएको यो सिरिज फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको हो भने नायक आयुष्मान देशराज जोशी, संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् ।
२४ एपिसोडमा तयार भएको यो सिरिजमा तीन सय ५० बढी कलाकारहरूले काम गरेका छन् । यो शो हरेक भाग १ घन्टा भन्दा लामो हुनेछ । निर्माण कम्पनीले नेपालमा निर्माण भएका वेब सिरिज मध्ये यो सबैभन्दा महँगो भएको दाबी गरेको छ ।
सिरिजमा नायिका प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बाँस्तोला लगायतका कलाकारको अभिनय छ ।