‘पेन्सनपट्टा’ निर्माण घोषणा गर्दै माओत्से

२८ जेठ २०८१ ८:०३

निर्देशक तथा अभिनेता माओत्से गुरुङले नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा जुटेका छन् । उनले सोमबार ‘पेन्सनपट्टा’ नामको चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् । यो उनको दोस्रो निर्देशन हुनेछ। यसअगाडी उनले दयारानि निर्देशन गरिसकेका छन् भने उनले ७ वटा गुरुङ चलचित्र निर्देशन गर्दैछन् ।

एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने कथामा यो चलचित्र निर्माण हुनेछ । चलचित्रको लागि भने अहिलेसम्म कुनै कलाकार तय गरिएको छैन् । तर, निर्माता डीबी गुरुङले अबको केही दिनमा यो चलचित्रका लागि सबै कलाकारहरुको नाम सार्वजनिक गर्ने जनाए ।

निर्माता कम्पनी माओत्से गुरुङ फिल्मको ब्यानरमा निर्माण हुने यो चलचित्रको छायांकन मंसिर पहिलो सातादेखि पोखरा आसपासका क्षेत्रमा गरिने निर्माणपक्षले जनाएको छ। अभिनेता गुरुङ पछिल्लो समय घरेलु चलचित्रका चर्चित अभिनेता समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *