चलचित्र ‘अस्ट्रेलियन दुल्हा’को छायांकन सुरु

२८ जेठ २०८१ ५:२३

रेहान मियाको लेखन, निर्माण एवम् निर्देशन रहने चलचित्र ‘अस्ट्रेलियन दुल्हा’को छायांकन सुरु भएको छ । आइतबार पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिरमा एक कार्यक्रमका बिच मुर्हुत गर्दै छायांकन सुरु गरिएको हो ।

नेपालीहरू अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथामा निर्माण हुने यो चलचित्रको छायांकन सेड्युल करिब २५ दिनको रहेको छ। हाल चितवनका विभिन्न रमणीय स्थानहरूमा यो चलचित्र खिचिदैछ ।

किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको सङ्गीत, रवि कोइरालाको छायाङ्कन रहेको यो चलचित्रमा कृष्णराज अर्याल प्रस्तुतकर्ता हुन् । देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहने यो चलचित्र आगामी तिहारमा रिलिज हुने बताइएको छ ।

करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रा.लीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *