निर्देशक नवीन चौहानको निर्देशनमा आजबाट ‘उनको स्वीटर’को छायांकन सुरु गरिएको छ। यो चलचित्रको पाँचथरको साधुटारबाट छायांकन सुरु गरिएको निर्माणपक्ष जनाएको हो ।
निर्देशक चौहानकै लेखन रहेको यो चलचित्रलाई सुरज कटुवालले सहलेखन गरेका छन् । चिन्तनराज भण्डारीले खिचेकोयो चलचित्रको छायांकन सेट्युल ३५ दिनको हुने निर्देशक चौहानले जनाए।
कलाकार विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको यो चलचित्रको छायांकन सेटमा उनीहरु केही दिनमा सामेल हुनेछन् । यो चलचित्र लक्ष्मीपूजामा सार्वजनिक प्रदर्शनमा आउनेछ।
यो चलचित्रमा एलेक्स पारस, परीक्षा लिम्बू, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे, नरेश लावती लगायतले पनि अभिनय गरेका छन् ।