ईश्वरीको ‘माया छ कि छैन’मा चियावाला आर्यन

२७ जेठ २०८१ ४:४१

गायिका ईश्वरी बरालले ‘माया छ कि छैन’ सार्वजनिक गरेकी छन्। यो गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल चियावाला बनेका छन्। उनी र उनको पसलमा आएकी युवतीबीचको कथालाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ। भिडियोमा आर्यनसहित मोनिका बोहोरा र सुजल बम त्यस्तै, गायिका बरालले समेत यसमा नृत्य गरेकी छन्।

मुस्कान ढकालले निर्देशन गरेको यो गीतमा विपिन आचार्यको शब्द, संगीत तथा एरेन्ज छ। श्री ईश्वरी प्रोडक्सन युट्युबबाट सार्वजनिक भिडियोमा शिशिर खातीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र मनोज कार्कीको सम्पादन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *