लक्ष्मण सुवेदी फिल्म्सको ब्यानरमा श्रीदेवी सुवेदी र विशाल सुवेदीले निर्माण गरेको नारीप्रधान चलचित्र ‘सतीदेवी’को टिजर रिलिज गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको यो चलचित्रको टिजरमा चलचित्रकी मुख्य पात्र मलिका महत प्रस्तुत छिन् ।
लेखक तथा निर्देशक लक्ष्मण सुवेदी रहेको यो चलचित्रले छोरी हुनुको पीडालाई प्रस्तुत गरेको छ । यो चलचित्रको कथा–पटकथा, संवाद र गीत सुवेदीले नै तयार पारेका हुन् ।
यो चलचित्रमा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ ।
आगामी साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रले दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्ड जितेको छ ।