‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’को बुकिङ खुल्ला – कुन चलचित्रलाई कती शोज ?

२४ जेठ २०८१ ५:००

जेठ २५ गते अर्थात भोली शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । यी दुवै चलचित्रमध्य मल्टिप्लेक्सले ‘लन्डन टु पेरिस’ को तुलनामा ‘गाउँ आएको बाटो’लाई शोज शङ्ख्या बढी दिएको हो ।

निर्देशक नवीन सुब्बा निर्देशित यो चलचित्र ‘गाउँ आएको बाटो’लाई देशको ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ३८ शोज र दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईमा ९ शोज, वान् सिनेमाज् नयाँ बानेश्वर, एफक्युब, बिएसआर मुभिज, बिग मुभिजमा समान ३/३ शो प्राप्त गरेको छ ।

त्यस्तै, घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘लन्डन टू पेरिस’ ले क्यूएफएक्सको आउटलेटमा कूल २९ शो पाएको छ । यो चलचित्रलाई आईएनआईले ३ शोज, बिग मुभिज, वान् सिनेमाज्, एफएक्युब, बिएसआरले समान २/२ शोज दिएका छन् ।

बाबु छोराको बिचको कथामा निर्माण गरिएको चलचित्र ‘गाउँ आएको बाटो’मा अभिनेता दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । चलचित्रको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई रहेका छन् ।

‘ट्राभल लभस्टोरी’ कथामा निर्माण गरिएको चलचित्र ‘लन्डन टु पेरिस’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्यमा निर्माण भएको हो । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियामा बस्नेत तथा परी राना निर्माताका रूपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *