‘तारा : द लस्ट स्टार’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

२२ जेठ २०८१ १२:०२

श्यामाश्री शेर्पाको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘तारा : द लस्ट स्टार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगबार सार्वजनिक गरिएको यो चलचित्रको ट्रेलरले चरित्र चित्रणबारे प्रस्ट पारेको छ ।

कान्स फिल्म फेस्टिभलको मार्केट खण्डमा छनोट भएको यो चलचित्रले सामाजिक र सांस्कृतिक लाञ्छना र दबाबबीच पहिचान तथा खुसीको खोजीमा निस्किएकी महिला पात्रको कथा पेश गर्छ ।

साम्तेन भुटिया निर्देशित यो चलचित्रले कान्स मार्केटमा चलचित्रको प्रदर्शन हुँदा शेर्पा पनि त्यहाँ सहभागी थिइन् । यो चलचित्र भारतमा १४ जुनमा रिलिज हुनेछ । यो चलचित्रमा नेपालबाट लुनिभा तुलाधरले पनि अभिनय गरेकी छन् ।

यसपटकको कान्समा ‘तारा’सहित लुनिभाका दुई चलचित्र छनोट थिए । जसमध्ये अर्को ‘द सेमलेस’ले अन सर्टेन रिगार्डबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेको थियो । यो चलचित्र भारतको सिक्किममा छायांकन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *