प्रहरीको आँखा छल्दै भागिरहेका निर्देशक थापा पक्राउ

२१ जेठ २०८१ ११:४०

निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । थापालाई सोमबार दिउँसो काठमाडौंको कमलपोखरी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले प्रक्राउ गरेको हो । चलचित्र छायांकनमा रहेको समयमा थापालाई पक्राउ गरेको हो । थापालाई मालीगाउँबाट पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।

गएको असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । तर, थापा लामो समयसम्म प्रहरीको आँखा छल्दै भागिरहेका थिए । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् ।

देश तथा विदेशमा निर्देशक थापाले आफ्नो मन्जुरीबिना चलचित्र प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ । सोही उजुरिको आधारमा निर्देशक थापालाई प्रहरीले पक्राउ गरेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *