‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको लाइनअप पुरा

२१ जेठ २०८१ ११:३०

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप पुरा भएको छ । यो चलचित्र निर्माण युनिटले कलाकार विजय बराल र बुद्धि तामाङलाई अनुबन्धित गरेसङै कलाकारहरुको लाइनअप पूरा गरेको हो ।

यस अघि यो चलचित्रका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल सहित कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले अनुबन्धित गराएको थियो । यो चलचित्रको मुख्य नायिकामा अञ्जना बराइली अनुबन्ध भएकी छन् । यो चलचित्रमा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन ।

निर्माता विनोद पौडेलका अनुसार अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने बताए । यस्तै यो चलचित्रको बालकलाकारमा जान्भि पौडेल र स्वायम केसीको अभिनय रहनेछ ।

निर्देशक सरोज पौडेलको निर्देशन तथा लेखक रहने यो चलचित्र गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हुने छ । यही साता भित्र छायांकनमा जाने तयारी रहेको यो चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको निर्माण, रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता, महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

आउँदो वर्षलाई प्रदर्शन मिती तोकिएको यो चलचित्रलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको निर्माणपक्षले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *