‘एक्टर’ छायांकनका लागि नेपाल आइपुगे राज बल्लभ

२० जेठ २०८१ ७:४९

निर्देशक राजन भुषालको निर्देशन रहेको चलचित्र ‘एक्टर’का लागि अभिनेता राज बल्लभ कोइराला नेपाल आएका छन । हाल धमाधम छायांकन भइरहेको यो चलचित्रको आफ्नो भागको सुटिङको लागि उनी भर्खरै नेपाल आइपुगेका हुन् ।

अभिनेता कोइराला नेपाल आएसङै उनलाई यसै चलचित्रका अभिनेता प्रदीप खड्का सहित अभिनेत्रीद्धय दिव्या रायमाझी र आना शर्माका साथमा निर्देशक राजन भुषाल र निर्माता थमन भण्डारीले स्वागत गरेका छन् । अभिनेता प्रदीप र राजबल्लभको यो पहिलो भेट हो ।

वैशाखको अन्तिम साताबाट छायांकन सुरु गरिएको यो चलचित्रमा नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्य देव, राजवल्लभ कोइराला, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ ।

यूनिक कथामा रहेर निर्माण भइरहेको यो चलचित्रलाई थमन कुमार भण्डारीले निर्माण गरेका हुन् । यो चलचित्रमा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् ।

कात्तिकको १५ गतेबाट रिलिज गर्ने घोषणा गरिएको यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *